• २०८१ बैशाख १७ सोमबार

एभरेष्ट बैंकको टिच फर नेपाललाई सहयोग

kharibot

काठमाडौँ  । एभरेष्ट बैंकले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वको एक हिस्साका रूपमा देशका विपन्न वर्गलाई शिक्षा प्रदान गर्न विभिन्न कल्याणकारी गतिविधिहरू गरिरहेको छ ।

यस प्रयासमा बैंकले हालसालै शिक्षामा सीएसआरको पहल अन्तर्गत टीच फर नेपाललाई सहयोग पुर्याउन चेक हस्तान्तरण गरेको छ । 

टिच फर नेपाल उत्कृष्ट विश्वविद्यालय स्नातकहरू र युवा पेशेवरहरूको एक पहल हो जुन नेपालमा शिक्षा असमानता अन्त्य गर्न प्रतिबद्ध छन् जसले सार्वजनिक विद्यालयहरूमा दुई वर्षको फेलोशिप शिक्षणको साथ सुरू गर्दै आइरहेको छ । एभरेष्ट बैंकले नेपालका विभिन्न सरकारी र सार्वजनिक विद्यालयहरूमा शिक्षा, सरसफाई र खानेपानीलाई सहयोग गरिरहेको छ ।

आफ्नो सर्भिस विथ स्माइल  नाराका साथ एभरेष्ट बैंक सधै आफ्नो ग्राहकहरुको फाइदा र सन्तुष्टिमा केन्द्रित रहने गर्दछ । सीएसआर गतिविधिहरूको एक भागको रूपमा एभरेष्ट बैंक सधैं सामाजिक जिम्मेवारीप्रति सचेत रहेको छ र व्यापक रूपमा जनताको हितका लागि विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ । 

हाल एभरेष्ट बैंकको ग्राहकहरुको संख्या बैंकिङ्ग क्षेत्रमा सबैभन्दा धेरै ११ लाख भन्दा बढी रहेका छन् ।  एभरेष्ट बैंकलाई सर्वश्रेष्ठ व्यवस्थित वाणिज्य बैंक, २०१९ बाट पुरस्कृत गरिएको थियो । यस बाहेक बैंकले हालसालै क्यामेल रेटिङ्ग अन्तर्गत वाणिज्य बैंकहरुको बीचमा सबैभन्दा राम्रो मूल्याङ्गन गरिएको बैंकको रुपमा चयन भएको छ ।

हालसम्म बैंकको ९५ शाखाहरु, ३१ राज्वस्व सङ्गकलन काउन्टरहरु र १०३ स्थानमा एटीएम रहेका छन् । आफ्नो फराकिलो विश्वव्यापी नेटवर्क र घरेलु नेटवर्क मार्फत एभरेष्ट बैंकले पेशेवर दक्ष बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै