• २०८१ बैशाख १७ सोमबार

विजय माल्याको गुनासो : ऋण तिर्न तयार छु, बैंक पैसा लिन मान्दैनन !

kharibot

नयाँ दिल्ली । विजय माल्याले बैंकबाट लिएको सबै ऋण चुक्ता गर्न आफु तयार रहेपनि भारत सरकारले सहयोग नगरेको गुनासो गरेका छन् ।

सामाजिक संजालमा आफ्नो गुनासो लेख्दै माल्याले आफुले सबै पैसा तिर्न पटक पटक प्रस्ताव पठाएपनि अहिले बैंक पैसा लिन तयार छैनन् भने प्रवर्तन निर्देशनालय यस बारेमा कारवाही अगाडी बढाउन तयार रहेको लेखेका छन् ।

उनले भनेका छन् – ‘मैले बैंकलाई किंग फिसर एयरलाइन्सबाट लिएको ऋण शतप्रतिशत तिर्नको लागि पटक पटक प्रस्ताव दिएको छु । नत बैंक अहिले पैसा लिन तयार छन् नत प्रवर्तन निर्देशनालय मेरो अट्याचमेन्ट रिलिज गर्न तयार छ । आशा छ यो संकटको बेलामा अर्थमन्त्रीले मेरो कुरा सौन्नुहुने छ ।’

यस अघि माल्यालाई प्रत्यारोपण गर्ने मुद्धामा ब्रिटिश हाइकोर्टले निर्णय सुरक्षित गरेपछि उनले पटक पटक बैंकहरुलाई आफ्नो रकम लिन अनुरोध गरेका थिए ।

माल्याले बैंकहरुबाट लिएको ९ हजार करोड भारतीय रुपैया नतिरेको आरोप छ ।

६४ बर्षिय माल्या अहिले बेलायतमा बस्दै आएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै