• २०८१ बैशाख १७ सोमबार

विजय माल्यालाई अदालतको झट्का, प्रत्यारोपणको सम्भावना बढ्यो

kharibot

काठमाडौँ । भारतीय बैंकहरुको करिब ९ हजार करोड भारतीय रुपैयाँ नतिरेको आरोप लागेका व्यापारी विजय माल्यालाई ठुलो झट्का लागेको छ ।

बेलायतको एक अदालतले भारत प्रत्यारोपण गर्ने मुद्दाको विरुद्ध माल्याले गरेको अपिललाई अदालतले खारेज गरेको छ । 

बेलायतको उच्च अदालतको यो माल्याको अपिल खारेज गरेपछि अब उनको प्रत्यारोपणको विषय बेलायतकी गृह सचिव प्रिती पटेल समक्ष जाने बताइएको छ ।

माल्याले भने केहि साता अघि ट्वीट गर्दै आफु बैंकहरुको ऋण तिर्न तयार रहेको बताउदै बैंक, भारतीय सरकार र भारतीय राजश्व विभागले कुनै जवाफ नदिएको बताएका थिए ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै