• २०८१ बैशाख २१ शुक्रबार

पाकिस्तानका पूर्व प्रधानमन्त्री गिलानी कोरोना संक्रमित

kharibot

काठमाडौँ । पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानी कोरोना संक्रमित भएका छन् ।

शनिबार उनका छोरा कासिम गिलानीले आफ्ना पिता कोरोना संक्रमित भएको जानकारी दिएका छन् ।

उनले ट्वीटरमा लेखेका छन् - ' इमरान खानको सरकार र नेशनल एकाउन्टिबिलिटी ब्युरोलाई धेरै धेरै धन्यवाद छ, तपाइँहरुले मेरा पितालाई खतरामा पुर्याउनु भएको छ । मेरो पितालाई कोरोना पोजेटिभ देखिएको छ ।'

हाल भ्रष्ट्राचारको अभियोगमा सुनुवाई चलिरहेका गिलानी विहिबार रावलपिन्डीस्थित नेशनल एकाउन्टिबिलिटी ब्युरोमा पेश भएका थिए ।

सो पेशीमा गिलानीले जजसँग कोरोना संक्रमणको महामारीका कारण अहिले पेश नहुने गरि छुट दिन अनुरोध गरेका थिए । 
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै