• २०८१ बैशाख २५ मंगलबार

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा पहिरो पीडितलाई राहत

kharibot

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले भारी वर्षाको कारण म्याग्दी जिल्लामा लगातार गइरहेको पहिरोबाट गम्भीर पीडितहरूलाई सहयोग गरेको छ । 

बैंकले गण्डकी प्रदेशका प्रबन्धक, श्री बिभु श्रेष्ठ र पोखरा शाखा प्रबन्धक, श्री धीरज थापा द्वारा जिल्ला समन्वय समितिका व्यवस्थापक, श्री देवेन्द्रबहादुर केसी र प्रमुख जिल्ला अधिकारी, श्री ज्ञाननाथ ढकाल लाई २० वटा पाल (टेन्ट) र १०० वटा कम्बल प्रदान गरेका छन् । 

बैंकले उपलब्ध गराएका पालहरूमा, एउटा पालमा दस जना सम्मले आश्रय लिन सक्नेछन् । पहिरोका कारण विस्थापित हुनेको संख्या सयौं पुगेसँगै बैंकले पुनर्निर्माण र राहत कार्यमा योगदान गर्नका लागि सहयोगको हात अघि बढाएको जनाएको छ । 

पहिरो पीडितहरूलाई सहयोग पु¥याउने बैंक तथा वित्तीय संस्थाहरूमध्ये  नेपाल इन्भेस्टमेन्ट बैंक पहिलो संस्था रहेको छ । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै