• २०८१ बैशाख २६ बुधबार

नेपाल इन्भेस्टमेन्ट बैंकको शाखा लाहानमा 

kharibot

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट बैंकले लाहान नगरपालिका सिराहामा आफ्नो ८७ औं शाखा स्थापना गरी कारोबार विस्तार गरेको छ । नवस्थापित शाखाको उद्घाटन लाहानका मेयर मुनि साह  र  प्रदेश २ का प्रबन्धक सुशील श्रेष्ठले गरेका थिए । 

लाहान शाखाले  ग्राहकलाई वित्तीय पहुँच पु¥याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्नेगरी पूर्ण बैंकिङ सेवा प्रदान गर्ने जनाएको छ  ।

नेपाल इन्भेस्टमेन्ट बैंकले ८७  शाखा, १२८ एटीएमहरू, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा दिदै आइरहेको छ । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै