• २०८१ बैशाख १७ सोमबार

सिआईबीद्धारा कृषि बिकास बैक घोटाला प्रकरणमा पक्राउ परेका तीन जना सार्वजनिक

kharibot

काठमाडौ ।  कृषि बिकास बैक घोटाला प्रकरणमा संलग्न तीन व्यक्तिहरु पक्राउ परेका छन् ।

केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले कृषि बिकास बैंक लिमिटेड, रामशाहपथ, काठमाण्डौको मुख्य शाखा कार्यालय न्यूरोडबाट अन्तर शाखा कारोबार हिसाब क्लियरिङको रकम पेन्डिङ देखाई बैंकको रकम एक आपसमा मिलेमतो गरी बैंकलाई हानी नोक्सानी पुर्याउने उदेश्यका साथमा बैंकको मौज्दात रकम करिव रु चार करोड एकानव्बे लाख हिनामिना गर्ने कार्यमा संलग्न भएको अभियोगमा दिपिका रेग्मी, रमेश कुमार थापा र प्र्रकाश घतानीलाई पक्राउ गरेको हो । 

पक्राउ परेका मध्ये रेग्मी र थापा कृषि बिकास बैक कै न्युरोड शाखामा कार्यरत कर्मचारी भएपनि घतानी भने न्युरोडको दुर्गा ज्वेर्लसका सञ्चालक हुन् ।

सिआईबीका अनुसार कृषि बिकास बैंक न्यूरोड शाखा कार्यालयमा कार्यरत सहायक टेलर दिपिका रेग्मिको मुख्य संलग्नता देखिएको र सो सम्बन्धमा नेपाल राष्ट्र बैंकको पत्रको जाहेरी पश्चात केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाण्डौंका विभिन्न ठाँउबाट उक्त बैंकको मौज्दात रकम रकम करिव चार करोड एकानव्बे लाख हानी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

सोही आधारमा यही मंसिर १३ गते बुधबार पक्राउ गरी उच्च अदालत पाटनबाट मंसिर १४ गते बिहिबार पाँच दिनको लागि म्याद थप भई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य भैरहेको सिआईबीले जानकारी दिएको छ । 

कृषि बैंक स्रोतका अनुसार आन्तरिक छानबिनमा घटना पत्ता लागेपछि सिबिआइमा गरिएको उजुरीको आधारमा तीन जनालाई पक्राउ गरिएको हो । बैंकले रकम हिना बिना गर्नेलाई आन्तरिक रुपमा पनि कारवाही गर्ने तयारी गरेको बुझिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै