• २०८१ बैशाख १६ आइतबार

प्रचण्डलाई शंकर पोख्रेलको कडा जवाफ : नक्शा जारी गरेको मैले हो भन्न कसरी सकेको ?

kharibot

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद चर्किरहेको बेला सामाजिक संजालमा समेत तिखो आरोप प्रत्यारोप चलिरहेको छ ।

यसैबीच नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार दिएको अभिव्यक्तिको सताई कमिटी सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले कडा जवाफ फर्काएका छन् ।

सामाजिक संजालमा टिप्पणी गर्दै नेता पोख्रेलले कालापानी क्षेत्रको सीमा विवाद पुरानो भएको बताउदै आफु प्रधानमन्त्री हुदा नक्शाको कुरा थाहा नपाउने अहिले उँहाले होइन मैले हो भन्न कसरी सकेको भन्दै प्रश्न गरेका छन् ।

उनले भनेका छन् -    

'कालापानी क्षेत्रको सिमा विवाद पुरानै हो। आफु प्रधानमन्त्री हुदा नक्साको कुरा था नपाउने अहिले हाँले होइन मैले हो भन्न कसरी सकेको ?'

प्रचण्डले शुक्रबार पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पार्टीको सामूहिक निर्णयका आधारमा नै सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेकको नयाँ नक्सा जारी गरेको बताएका थिए । साथै प्रचण्डले पार्टीले सामूहिक रुपमा गरेको निर्णयको श्रेय व्यक्तिले खल्तीमा हाल्ने कुरा भयो भने त्यो राम्रो नहुने भन्दै सामूहिक प्रयासको प्रतिफललाई पनि सोही अनुसार संस्थागत गर्नुपर्ने बताएर नक्शा जारी भएको विषयको जस प्रधानमन्त्री केपी शर्मा ओली एक्लैले लिन खोजेको प्रति संकेत गरेका थिए ।

साथै प्रचण्डले प्रचण्डले पार्टी संकटमा रहेको बताउदै पार्टीको बैठक चलिरहेका बेला एमाले पार्टी दर्ता भएको बताए । प्रचण्डले पार्टीका अर्का अध्यक्षको सक्रियतामा एमाले दर्ता भएको समेत बताएर नेकपाको विवाद अहिले पनि जँहाको त्यहि रहेको संकेत दिएका थिए ।
प्रचण्ड यस विषयमा पहिलो पटक खुलेर प्रस्तुत भएका हुन् । उनले भने, ‘किनकी पार्टीको बैठक चलिरहेकै बेलामा अर्का अध्यक्षको सक्रियता र पहलमा नेकपा एमाले दर्ता भएको छ ।’

प्रचण्डले बैठक चलिरहेकै बेला देशभर केही कार्यकर्ता जिन्दावाद र मुर्दावादको नारा लगाउन लगाइएको समेत उल्लेख गरेका थिए ।

सोहि कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपाल समेत आक्रामक रुपमा प्रस्तुत हुदै प्रधानमन्त्री ओलीलाई समयमै सच्चिन घुमाउरो भाषामा चेतावनी दिएका थिए । उनले म नै राज्य हुँ भन्ने भावना रहिरहे छिट्टै पतन हुने समेत चेतावनी दिएका थिए ।

शुक्रबार दुई शिर्ष नेताबाट अभिव्यक्त विचारबाट नेकपाको विवाद अझ उत्कर्ष तिर गएको विश्लेष्ण गर्न थालिएको छ । साथै प्रचण्डको अभिव्यक्तिपछि प्रधानमन्त्री निकट नेता मानिएका पोख्रेलले सामाजिक संजालमा गरेको यो टिप्पणीले नेकपाको अहिलेको विवाद मिल्ने दिशातर्फ गएको देखिदैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै