• २०८१ बैशाख २१ शुक्रबार

अभिनेत्री पूजा शर्माको कलाकार संघमा उजुरी, प्रस्तोता प्रकाशले मागे माफी

kharibot

काठमाडौँ । एपी वान टेलिभिजनको ‘रजतपट’ कार्यक्रममा पत्रकार प्रकाश सुवेदीले प्रयोग गरेको अपमानजनक र अशोभनीय शब्दको सर्बत्र विरोध र आलोचना भएको छ । सुवेदीले प्रयोग गरेको शब्दप्रति आपत्ति जनाउदै फिल्मकर्मीहरु विरोधमा उत्रिएका छन् ।

पत्रकार सुवेदीले कार्यक्रममा कसैको नाम उच्चारण नगरी ‘दारे’ शब्द प्रयोग गरेका थिए । उनले आफूप्रति लक्षित गरेर उक्त टिप्पणी गरेको पूजाको प्रतिक्रियापछि फिल्मकर्मीहरु उनको समर्थनमा उभिएका हुन् ।

यसबीच, अभिनेत्री शर्माले आइतवार पत्रकार सुवेदीविरुद्ध चलचित्र कलाकार संघमा उजुरी दिएकी छन् । अभिनेत्री शर्माले कलाकारसंघका साथै निर्माता संघ, एपी वान टिभीलगायत बिभिन्न महत्वपूर्ण ठॉउमा उजूरी दिएको बताएकी छन् ।

यसैबीच प्रकाश सुबेदीले एक भिडियो क्लिप जारी गर्दै आफुले गल्ति गरेको भन्दै माफी मागेका छन् । उनले शब्द चिप्लिएर गल्ति भएको भन्दै माफी मागेका छन् ।  

सुबेदीले माफी मागेपछि अभिनेत्री शर्माले भने सामाजिक संजालमा प्रतिक्रिया दिदै क्षमा माग्ने तरिकाप्रति थप आश्चर्यमा परेको बताएकी छन् । उनले भनेकी छन्, 'कार्यक्रम प्रस्तोताले क्षमा माग्ने भिडियो पनि आयो , त्यो सुनेर हामि झन आश्चर्यमा पर्यौ  ! त्यस्तो गम्भिर बिषयमा उहॉले 'दारे' शब्द चिप्लिएर प्रयोग गरिएको मा माफि पाऊ भन्नु भो, जबकि 'दारे महानायिका' शब्द चिप्लिएको होइन ... २ दिनकि चॉदनी फिर अन्धेरी रात, तिमिहरूको के हैसियत छ ? भोलि हात जोडेर अन्तर्वार्ता दिन आउनु पर्ने दिन आउछ, मैले एक से एक अभिनेत्री को अन्तर्वार्ता लिएको छु, त आउदिन भन्ने तेरो के हैसियत के छ ? .. यो आशय स्पष्ट झल्किने त्यति लामो शब्दावली कसरी चिप्लिएको हुन सक्छ ? '

अभिनेत्री शर्मालेभविष्यमा यस्ता घटनाहरू पुन दोहोरिन सक्ने हुनाले आफु न्यायका लागि सरोकारवाला संघ र सम्बन्धित निकाय गुहारेको स्पष्ट गरेकी छन् । यो बिषयलाई  प्रस्तोताले लिए जस्तै हल्का रूपमा नलिइ गम्भिर भएर, भबिष्यमा समेत नजीर बस्ने गरि न्याय प्राप्त गर्ने आशासहित लागेको शर्माले बताएकी छन् ।

प्रकाश सुबेदीको यो प्रकरणपछि अभिनेत्री रिचा शर्मा, केकी अधिकारीले विरोध गर्दै सामाजिक स्नाजालमा कडा टिप्पणी गरेका छन् । रिचाले राष्ट्रिय टेलिभिजनमा एउटा कार्यकर्म प्रस्तोताले भनेको सुन्दा कस्तो लाग्ला ? भन्दै एउटा अभिनेत्री र त्यो भन्दा पहिला एउटा नारीको हैसियतले यस समाजले हामीलाई कसरी जिउनु पर्ने, समाजमा अटाउन कस्तो देखिनु पर्ने भन्ने प्रश्न गरेकी छन् । उनले आफ्नो परिश्रम र क्षमताले कलाकार भएका हौं भन्दै कसैले हामीलाई महानायिका बनाउनु परेको छैन भनेकी छन् ।

त्यस्तै अर्की अभिनेत्री केकी अधिकारीले टेलिभिजन कार्यक्रममा नेपाली महिला कलाकारको शारिरिक बनावटमाथि गगरिएको छुद्र टिप्पणी अत्यन्तै अशोभनिय र खेदजनक रहेको टिप्पणी गरेकी छन् । उनले यस्ता प्रवृति र यस्ता मानसिकताको सदैव विरोध र बहिष्कार गर्ने बताएकी छन् । 

उनले भनेकी छन् -

‘रजतपट’ नामक टेलिभिजन कार्यक्रमका प्रस्तोताले आफ्नो तीन दशक लामो ईतिहासको अप्रासंगिक बखान गर्दै नेपाली महिला कलाकारको शारिरिक बनावट माथि गर्नुभएको छुद्र टिप्पणी अत्यन्तै अशोभनिय र खेदजनक छ। साथै, त्यसै क्रममा उँहाले प्रयोग गर्नु भएको भाषा, प्रस्तुत गर्नु भएको उदाहरण (दो दिन कि चाँदनी) र देखाउनु भएको तुज्जुकले वास्तवमा उहाँकै चरित्र र मानसिकतालाई उदांगो पारिदिएको छ भन्दा फरक नपर्ला। ढुक्क हुनुहोस्, हामी यस्ता प्रवृति र यस्ता मानसिकताको सदैव विरोध र वहिष्कार नै गर्ने छौँ ।

स्मरण रहोस्, पेशागत आयु दिर्घकालिन वा अल्पकालिन हुनसक्छ तर त्यसको आयु निर्धारण गर्नसक्ने हैसियत कसैको हुँदैन । जतिनै लामो ईतिहास भएपनि बेला बेला लागिरहने तीन मिनेटको ग्रहण, ग्रहण नै हुन्छ। दुई दिनकै भएपनि चाँदनीको पहिचान उज्यालो नै हुन्छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै