मुम्बई । बलिवुडमा आज नयाँ फिल्मको घोषणा भएको छ ।
बलिवुडका अहिलेका चर्चित निर्देशक रोहित शेठीको निर्देशनमा रनबीर सिंहले अभिनय गर्ने नयाँ फिल्मको घोषणा गरिएको छ । ‘सिम्बा’ नाम दिइएको यस फिल्ममा रनबीर सिंह प्रहरी अधिकृतको भूमिकामा देखिने भएका छन् । फिल्मको घोषणासँगै फिल्मको पहिलो पोष्टर पनि सार्वजनिक गरिएको छ ।
फिल्मको पोष्टर हेर्दा रोहित शेठीकै निर्देशनमा अजय देवगन अभिनिती सिन्घम फिल्मको झल्को दिएको छ । फिल्ममा रनबीर सिंहको नाम संग्राम भालेराव हुने बताइएको छ । फिल्मको पोष्टर हेर्दा रनबीरको भूमिका अजय देगनको सिन्घम र सलमान खानको दवंग फिल्मको झल्को देखिएको छ ।
अर्को बर्षको डिसेम्बर २८ मा रिलिज मिति तोकिएको यस फिल्मलाई धर्म प्रोडक्सन र रिलायन्स इन्टरटेनमेन्टले बनाउने घोषणा गरेका छन् ।
हाल रनबीर अभिनित फिल्म पद्मावती विरोधका कारण रिलिज हुन् नसकिरहेको अवस्थामा नयाँ फिल्मको घोषणाले उनका फ्यानलाई खुशी बनाएको छ ।