• २०८१ बैशाख १७ सोमबार

भारतले मेट्रो रेल सेप्टेम्बर ७ बाट चलाउने, अन्तराष्ट्रिय उडान भने अझै खोलिएन

kharibot

काठमाडौँ । भारतमा मेट्रो रेल सेप्टेम्बर ७ बाट चल्ने भएका छन् । भारतीय गृह मन्त्रालयले सेप्टेम्बर ७ बाट मेट्रो रेल सेवा सुचारु गर्ने अनुमति दिएको छ ।

मेट्रो रेल चलाउने अनुमति दिएपनि स्कुल कलेज, र अन्य शैक्षिक सस्थांन भने बन्द नै रहने छन् ।

साथै भारतमा खेल, मनोरंजन, सास्कृतिक, धार्मिक र अन्य कार्यक्रमका लागि सेप्टेम्बर २१ बाट खेल्ने अनुमति दिएको छ । तर यसका लागि सय जना भन्दा बढी मानिस भने सहभागी हुन भने नपाउने बताइएको छ ।

यस क्रममा मास्क लगाउन अनिवार्य, सामाजिक दुरी र थर्मल स्क्यानिङ गर्नुपर्ने गृहमन्त्रालयले बताएको छ ।

त्यस्तै सिनेमाल, स्विमिंग पुल, थिएटरहरु भने सेप्टम्बर ३० सम्म बन्द हुने छन् । त्यस्तै सेप्टेम्बर ३० सम्म अन्तराष्ट्रिय उडान बन्द नै हुने छ ।

भारतमा कोरोना संक्रमितको संख्या हरेक दिन बढिरहेको छ भने मृत्यु हुनेको संख्या पनि बढिरहेको छ ।

भारतमा अहिलेसम्म ३५ लाखभन्दा बढी संक्रमित भएका छन् भने ६३ हजारभन्दा बढीको मृत्यु भएको छ ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय