• २०८१ बैशाख १६ आइतबार

गेम अफ थ्रोन्सकी अभिनेत्री डेम डायना रिगको मृत्यु

kharibot

काठमाडौँ । गेम अफ थ्रोन्सकी लोकप्रिय अभिनेत्री डेम डायना रिगको मृत्यु भएको छ । उनको ८२ वर्षको उमेरमा निधन भएको हो ।

उनी केहि समय देखि क्यान्सर बिरामी थिइन्। उनलाई केहि महिना पहिला क्यान्सर भएको पत्ता लागेको थियो । 

डायनाकी छोरी रचेल स्टर्लिंगले उनको मृत्युको आधिकारिक जानकारी दिएकी थिइन् ।

उनले लेखेकी छिन्, “हामीलाई यस कुराको जानकारी दिन निकै दुख लागेको छ कि, मेरी प्यारी आमा आज बिहान घरमा, परिवारको अगाडी सधैको लागि शान्त निन्द्रामा निदाउनु भएको छ । ”

रचेलको अनुसार , डायनालाई मार्च महिनामा क्यान्सर भएको पत्ता लागेको थियो । उनले आफ्नो अन्तिम महिना निकै खुशीका साथमा बिताएकी थिइन् । उनले आफ्नो जीवन निकै खुशियालीको साथमा साधारण तरिकाले

बिताएकी हुन् । उनले आफ्नो पोष्टमा आमाको सम्झना कति धेरै आउनेछ भन्ने आफुले बयान गर्न नसक्ने बताएकी छिन् । 

डायनाको मृत्यु पछि जेम्स बोन्ड ००७ का नायक जर्ज लेजेन्बीले ट्वीट गरेका छन् । उनले लेखेका छन्, “ डायना रिगको निधनको बारेमा सुनेर निकै दुख लागेको छ । उनी एक महान थिएटर र स्क्रिन अभिनेत्री हुन्।”

डेम डायना एक मात्र महिला थिइन् जसले जेम्स बोन्डको नायिकाको रुपमा काम गरेकी थिइन् ।

उनले ट्रेसीको भूमिकामा अभिनय गरेकी थिइन् । ट्रेसीले जर्ज लेजेन्बी संग सन् १९६९ को चलचित्र अन हर म्याजेस्टिज सिक्रेट सर्भिसमा विवाह गरेकी थिइन् ।

बोन्डका निर्माता, माइकल जि विल्सन र बर्बरा ब्रोक्लीले उनी प्रति सम्मान व्यक्त गरेका छन् ।

डायनाले गेम अफ थ्रोन्समा हाउस टाइरेल मेट्रीकको मालिक ओलेना टाइरेल की भूमिका निभएकी थिइन् ।

उनको भूमिका  हाउस टायरेलको अन्तिम प्रमुख थियो  जसलाई दर्शकहरुले निकै मनपराएका थिए ।

ओलेना टाइरेल, जसको नाम द क्वीन अफ थ्रोन्स थियो, उनलाई प्रशंसकहरुद्वारा तेज दिमागको कारण निकै प्रशंसा गरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै