• २०८१ बैशाख २० बिहीबार

मुख्यमन्त्री पौडेलद्वारा मुसहर समुदायका ३५५ परिवारलाई घर हस्तान्तरण

kharibot

तस्वीर : रासस

सिन्धुली । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मुसहर समुदायका ३५५ परिवारलाई घर हस्तान्तरण गरेका छन् ।

दुधौली नगरपालिका वडा नं ११ तल्लो पत्रिङ्गामा आज आयोजित कार्यक्रममा दुधौलीका विभिन्न वडामा बनेका ती घर  साँचो ती समुदायलाई हस्तान्तरण गरेका हुन् । 

समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले सबै नागरिकलाई गाँस, बास र कपासको प्रत्याभूत गराउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । उनले भने,“यहाँको सुरक्षित आवसका लागि चाहिने थप न्युनतम पूर्वाधारहरु प्रदेश सरकारले निर्माण गर्नेछ ।” ‘समृद्ध नेपाल, सुखी नेपाली बनाउने’ संघीय सरकारको ध्येयलाई पुरा गर्न प्रदेश सरकारले काम गरिरहेको उनले जानकारी दिए ।

आवास विहीन सीमान्तकृत, दलित र विपन्न समुदायलाई बसोवासका लागि आवास उपलब्ध गराउने उद्देश्य सहित सञ्चालनमा ल्याइएको ‘जनता आवास कार्यक्रम’ अन्तर्गत मुसहर समुदायलाई भवन हस्तान्तरण गरिएको हो । 

बागमती प्रदेश सरकारको ११ करोड २२ लाख ७ हजार ६५१ लागतमा ती घर निर्माण गरिएको शहरी विकास विकास कार्यालयका प्रमुख इञ्जीनियर दुर्गाप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार दुधौलीको वडा नं ४, ५, ६, ७, ९ र ११ मा ती घर निर्माण गरिएको छ । त्यहाँका ५९० परिवार जनता आवास कार्यक्रममा छनौट भएकोमा पहिलो चरणमा ३५५ जना लाभग्राहिमा परेको र बाँकी अरु छनौट भएकाहरुको बजेट विनियोजन भएपछि बनाइने उनको भनाई छ ।

प्रदेश सरकारले एक घर बराबर तीन लाख ३६ हजार उपलब्ध गराएको समेत गराएको छ । घर निर्माण कार्यमा अन्य आवश्यक सहयोग स्थानीय सरकारले समेत गरेको थियो । विगत तीन वर्षदेखि सुरु गरिएको जनता आवास कार्यक्रममा पहिलो वर्ष ६, दोस्रो वर्ष ९५ र तेस्रो बर्ष २५४ घर निर्माण भएको  कार्यालय प्रमुख घिमिरेले उनले जानकारी दिए । भवन निर्माण गर्नको लागि ३ लाख ३६ हजारलाई चार किस्तामा वितरण गरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै