• २०८१ बैशाख १६ आइतबार

संबिधान दिवसको अवसरमा कपिलवस्तुको बोडगाउँमा दीप प्रज्वलन

kharibot

कपिलवस्तु । पाँचौ संबिधान दिवसको अवसरमा कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ बोडगाउँमा शुभकामनाआदानप्रदान तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

हेल्प फर ह्यापिनेस, कपिलवस्तुले आयोजना गरेको सो कार्यकममा प्रमुख अतिथि रहेका वडा नम्बर ८ का अध्यक्ष गुनानिधि भुसालले देशको मूल कानुन बनेको दिन सबैमा शुभकामना दिँदै संविधानको कार्यान्वयन गरेर विकासको बाटोमा लम्किनुपर्ने बताए । 

कार्यक्रममा युवा नेता टीआर पाण्डेले संबिधान दिवस भनेको नेपालीहरुको महान चाड जस्तै हो भन्दै यसलाई हरेक वर्ष धूम धामका साथ मनाउनु पर्ने बताए । उनले संबिधानले हरेक धर्म संस्कृति जात जाति सम्पूर्णको मौलिक हकको सुनिस्चित गरेको बताए ।

कार्यक्रममा हेल्प फर ह्यापिनेसका सह-सचिव विशाल अधिकारीले स्वागत मन्तव्य दिएका थिए भने अध्यक्ष निर्मल शर्माले धन्यवाद तथा समापन मन्तव्य दिएका थिए ।

त्यस्तै कार्यक्रमको संचालन सचिव सुशान्त पोख्रेलले गरेका थिए । 

कार्यक्रममा हेल्प फर ह्यापिनेस कपिलवस्तुका सुशील आचार्य, विवेक पौडेल, मधु सुधन भुसाल, सरोज घिमिरे, रोशन आचार्य लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै