• २०८१ बैशाख १७ सोमबार

हुण्डाईको ‘क्रेटा दि अल्टिमेट एसयूभि’ नेपाली बजारमा

kharibot

काठमाडौ । नेपालको लागि हुण्डाई मोर्टसको एकमात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.ली ले निकै प्रतिक्षारत हुण्डाईको नयाँ क्रेटा दि अल्टिमेट एसयूभि नेपाली बजारमा सार्वजनिक गरेको छ । 

सो कार्यक्रम लक्ष्मी हुण्डाईको विभिन्न आधिकारिक डिजीटल प्लेट्फोर्म फेसबुक, इन्स्टाग्राम ,यूट्यूब पेजबाट भर्चुअल वेभकास्ट गरी क्रेटा(दि अल्टिमेट एस.यू.भि) नेपालमा सार्वजनिक गरेको हो ।

 हुन्डाईले दशैं तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै क्रेटा सार्वजनिक गरेको बताएकाे छ । सात रंगमा उपलब्ध रहेको सो कारको सुरुवाती मूल्य ४३ लाख ९६ हजार रहेको छ भने अन्य फिचरसहितकाे बढीमा ६५ लाख ९६ हजारसम्ममा खरिद गर्न पाइने छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिका महा–प्रबन्धक रूपेश शर्मा भट्टले वर्षौ देखि हुण्डाई क्रेटाले नयाँ स्तर कायम गर्दै नेपालमा पाँच हजार भन्दा अधिक नेपाली प्रयोगकर्ताको माझमा विशेष पहिचान बनाउन सफल भएको छ । अब क्रेटाले फेरी नयाँ पहिचान कायम गर्ने अवसर आएको छ र नयाँ क्रेटा(दि अल्टिमेट एसयूभि)ले ग्राहकबिच आकर्षण बढाउनुको साथै नयाँ युगका प्रयोगकर्ताहरुको परम आकांक्षा पूरा गर्ने विश्वास लिएको बताएका छन्  ।

सन् २०१५ मा सार्वजनिक गरिएको क्रेटाले एस.यू.भिलाई चिरपरिचित नाम बनाएको छ । यसको अलग पहिचान, आइकोनिक डिजाइन, उत्कृष्ट प्रदर्शनका साथै बेजोड सुरक्षाले यसलाई सबैको रोजाईको एस.यू.भि भइ “दि अल्टिमेट एस.यू.भि” बन्न सफल भएको छ । 

आफ्नो यस ट्रेण्डलाई निरन्त्तरता दिन र नयाँ स्तर कायम गर्न एस.यू.भि सेग्मेन्टमा नयाँ क्रेटा विकसित गरिएको हो । 

नयाँ क्रेटा विभिन्न इन्जिन अप्सनहरुमा उपलब्ध रहेको छ जस्तै १.५ लिटर पेट्रोल र १.५ लिटर भि.जि.टी डिजेल इन्जिन रहेको छ । नयाँ जेनेरेशनको क्रेटा कुल ६ भेरियन्टहरुमा उपलब्ध रहेको छ ।  

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै