काठमाडौँ । नेपाल संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदमा पुन: निर्वाचित भएको छ ।
२०१८ देखि सदस्य रहेको नेपाल अर्को ३ बर्षका लागि २०२३ सम्मका लागि परिषदको सदस्यमा निर्वाचित भएको हो ।
नेपाललाई संयुक्त राष्ट्रसंघका १५० सदस्य राष्ट्रले भोट गरेका थिए ।
राष्ट्रसंघको ७५औ महासभामा भएको मतदानमा एशिया प्यासिफिक क्षेत्रबाट चीन, पाकिस्तान र उज्वेकिस्तान निर्वाचित भएका छन् ।
परिषदमा अहिले कुल १५ सदस्य निर्वाचित भएका छन् ।
विभिन्न देशका क्षेत्रगत आधारमा रहने परिषद्मा कूल ४७ देशका प्रतिनिधि रहनेछन् ।
नेपाल परिषद्मा निर्वाचित भएपछि न्यूयोर्कस्थित नेपाली स्थायी नियोगका प्रतिनिधि अमृत बहादुर राइले नेपालले अन्तर्राष्ट्रियस्तरमा मानव अधिकारको क्षेत्रमा प्रतिबद्धता जनाएअनुसारको काम गरेकाले पुन: निर्वाचित हुन सफल भएको प्रतिक्रिया दिएका छन् । उनले नेपालले लगातार मानवअधिकारको क्षेत्रमा परिषदमा बसेर काम गर्ने बताउदै नेपाललाई पुन:निर्वाचित गर्ने सबै देशहरुलाई धन्यवाद दिएका छन्।
नेपाललगायतका देशले आगामी १ जनवरी, २०२१ देखि उक्त परिषद्को जिम्मेवारी जेनेभास्थित कार्यालयबाट वहन गर्ने छ ।
परिषदमा अफ्रीका र एशियाबाट १३-१३ जान सदस्य हुन्छन भने पूर्वी युरोपबाट ६, ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रबाट ८ तथा पश्चिम युरोप तथा अन्य देशबाट ७ देश सदस्य हुने व्यवस्था रहेको छ ।