• २०८१ बैशाख १६ आइतबार

म्यान्मारमा ठुलो हिंसा हुने संयुक्त राष्ट्र संघको चेतावनी

kharibot

काठमाडौँ । संयुक्त राष्ट्र मानवाधिकार मामिलाका एक विशेषज्ञले म्यान्मारमा सत्ता परिवर्तनको विरोधमा भव्यरुपमा प्रदर्शनमा ठुलो हिंसा हुने आशंकाको कारण चेतावनी दिएका छन् । 

संयुक्त राष्ट्रका दुत टम एन्ड्रयूले यङ्गुनमा सैनिक तैनाथ गरिएको खबर प्राप्त भएको जानकारी दिएका छन् ।

जेनेभा स्थित एन्ड्रयूको कार्यालयबाट जारी बयानमा उनले पहिला पनि यस्तो सैनिक कारवाहीमा ठुलो स्तरमा प्रदर्शनकारीको मृत्यु भएको, मानिसहरु गायब भएको वा उनीहरुलाई हिरासतमा राखिएको बताएका छन् ।

उनले भने, “ व्यापक स्तरमा प्रदर्शन र सैनिक तैनाथ गरिएको विषयलाई मध्यनजर गर्दै हामीले म्यान्मारको मानिसको विरुद्द भएको सैनिक कारवाहीलाई क्रुर कारवाहीको रुपमा देखेका छौं  ।”

त्यस्तै सेना र प्रहरीको हिंसक कारवाहीको बीच बुधबार देशभरमा व्यापक प्रदर्शन भएको थियो । 

यङ्गुन र अन्य शहरहरुमा प्रदर्शनकारीको समूहले फेब्रुअरी १ मा भएको सैनिक कू को विरुद्दमा तथा देशको प्रमुख नेता आङ सान सूकी एवं उनको अपदस्थ सरकारका सदस्यलाई पक्राउ गरिएको तथा रिहाइको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै