सन्धिखर्क। अर्घाखाँची जिल्लाबाट प्रतिनिधि सभामा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी विजयी हुने निश्चित भएको छ ।
रायमाझीले १५ हजार भन्दा बढी मतले अग्रता हासिल गरिरहेका छन् बहने अब करिब ९ हजार मत गणना गर्न बाँकी रहेको छ ।
अर्घाखाँचीमा खसेको कुल ८९२४० मत मध्ये अहिले सम्म ७९,४०२ मत गणना भईसकेको छ । अब ९,८३८ मत गन्न बाँकी छ ।
अपरान्ह ५ बजे सम्मको गणना अनुसार वाम गठबन्धनका उम्मेदवार रायमाझीले ४५१३६ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका बिसीले २९८३८ मत पाएका छन् ।