• २०८१ बैशाख १८ मंगलबार

एमाले स्याङ्जाको अध्यक्षमा गैह्रे पुन निर्वाचित

kharibot

वालिङ । नेकपा एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे पुन: निर्वाचित भएका छन् । यसअघि पनि एमाले स्याङ्जाको अध्यक्ष रहेका गैह्रे सर्बसम्मत चयन भएका हुन् । 

त्यसैगरी उपाध्यक्षमा महेश पुरी, सचिवमा रामचन्द्र भट्टराई, उपसचिवमा अमृत श्रेष्ठ र चीनमाया गुरुङ निर्विरोध चयन हुनुभएको नवौँ अधिवेशन निर्वाचन कमिटीका संयोजक टङ्कप्रसाद न्यौपानेले जानकारी दिए ।

नवौँ अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र एक सय सदस्य गरी एक सय पाँचजनाको जिल्ला कमिटी चयन गरेको हो । एमाले स्याङ्जामा नौ हजार पाँच सय ४३ पार्टी सदस्य रहेका छन् । नवौँ अधिवेशनमा स्याङ्जाका ११ स्थानीय तहका ९७ वडा कमिटी, पार्टीका जनसङ्गठन सबैको प्रतिनिधित्व हुने गरी कूल ६ सय नौ प्रतिनिधि सहभागी रहेका संयोजक न्यौपानेले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै