बर्दियामा १९ हजार ८ सय ११ मत बदर

खरीबोट
ad

बर्दिया / प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक मतगणना सकिएको छ । समानुपातिकतर्फ बर्दियामा नेपाली काँगे्रसले सबैभन्दी बढी मत प्राप्त गरेर पहिलो बनेको छ । 

दुई लाख ७२ हजार ४७७ कूल मतदातामध्ये एक लाख ९० हजार ८१२ मत खसेको मतगणना हुँदा समानुपातिकतर्फ सबैभन्दा बढी मत ल्याएर काँग्रेस पहिलो बनेको हो । समानुपातिकको प्रतिनिधिसभातर्फ एमालेभन्दा १९ हजार ३६१ मतले काँग्रेस अघि छ । प्रतिनिधिसभातर्फ काँग्रसले ६६ हजार ८९ र प्रदेशसभातर्फ ६० हजार ४५० मत प्राप्त गरी सबैभन्दा बढी मत प्राप्त गरेको हो । 

एमालेले प्रतिनिधिसभातर्फ ४६ हजार ७२८ र प्रदेशसभातर्फ ४४ हजार ११४ मत प्राप्त गरेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ ४५ हजार ६९८ र प्रदेशसभातर्फ ४४ हजार ३२८ मत प्राप्त गरेको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा तीन हजार ९४९ र प्रदेशसभामा तीन हजार ५६४ तथा विवेकशील साझा पार्टीले प्रतिनिधिसभामा एक हजार ४१२ र प्रदेशसभातर्फ एक हजार २६ मत प्राप्त गरेको छ । 

यसैगरी राष्ट्रिय प्रजातन्त्र (प्रजातान्त्रिक) पार्टीले प्रतिनिधिसभातर्फ एक हजार २७७ र प्रदेशसभातर्फ एक हजार २७७, एकल चिह्न हँसिया ताराले प्रतिनिधिसभातर्फ ९७० र प्रदेशसभातर्फ ८७९ तथा संघीय समाजवादी फोरम, नेपालले प्रतिनिधिसभामा ९०२ र प्रदेशसभातर्फ ९८७, नयाँ शक्ति पार्टी, नेपालले प्रतिनिधिसभामा ७९२ र प्रदेशसभातर्फ ८७०, राजपा पार्टी नेपालले प्रतिनिधिसभामा ७४९ र प्रदेशसभातर्फ ७२९ मत ल्याएको छ । 

बर्दियामा समानुपातिकको प्रतिनिधिसभातर्फ १९ हजार ८११ मत बदर भएको छ । प्रतिनिधिसभा क्षेत्र नं १ मा ११ हजार ३७७ मत बदर भएको छ । 

यस्तै प्रदेशसभा १ (क)मा सात हजार ३९ र प्रदेससभा १ (ख)मा एक हजार आठ मत बदर भएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी देवराज भारतीले जानकारी दिए । 

प्रदेशसभा २ (क)मा ६ हजार ९६२ र प्रदेससभा २ (ख)मा ६ हजार ५३९ मत बदर भएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी इन्द्रकुमार कार्कीले बताए । 

सम्बन्धित समाचार

कथित बोक्साको आरोपमा कुटपिट

बर्दिया। ठाकुरबाबा नपा–५ शाहीपुरका ६४ वर्षीय वृद्ध कुकुरा थारुलाई कथित बोक्साको आरोपमा बुधबार राति सोही ठाउँका ४० वर्षीय नैपाल थारु, ३७ वर्षीय गोपाल थारुसहित छ, सातजनाको समूहले मरणासन्न हुनेगरी कुटपिट

विजया दशमीमा गुलरियामा बृहत रामलिला देखाइने

बर्दिया (गुलरिया) ।  बर्दियाको सदरमुकाम गुलरियामा विजयादशमीको अवसरमा बृहत रामलिला देखाइने भएको छ । रामायणमा आधारित नाटकिय चरित्र आउदै गरेको दशैंको अवसर पारेर आयोजना गर्न लागिएको हो । असोज २४ गते

बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेशका लागि नयाँ मार्ग

बर्दिया । बर्दियाको बाँसगढी नगरपालिका—१ चेपाङ क्षेत्रबाट पर्यटकले अब बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश गर्न पाउने भएका छन् । कोहलपुर–सुर्खेत सडकखण्डमा पर्ने बबईको चेपाङ क्षेत्रबाट पर्यटकलाई निकुञ्ज प्रवेशका लागि मार्ग खुल्ला

बर्दियाका महिलामा आङ खस्ने समस्या जटिल बन्दै

बर्दिया । बर्दिया सानोश्रीकी ३६ वर्षाया रामकली चौधरीको पाठेघर झिकिएपछि उनलाई पहिले जस्तो काम गर्न सहज छैन । “तल्लो पेट दुख्ने, सेतो पानी आउने र शरीर शिथिल हुने अवस्था भए


z