• २०८१ बैशाख १७ सोमबार

पूर्वसभामुख महरा पत्नीको निधनप्रति अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

kharibot

फाइल तस्वीर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराको जीवन सङ्गिनी सीता महराको निधनको खबर आफूलाई दुःख लागेको बताएका छन् । 

अध्यक्ष दाहालले सामाजिक सञ्जाल मार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोककूल परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन् । महरा लामो समयदेखि माइस्थेनिया नामक रोगबाट पीडित थिइन् । उनको उपचारका क्रममा आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै