• २०८१ बैशाख २० बिहीबार

काठमाडौँको मुख्य प्रवेशद्धार नागढुङ्गाबाट १० बोरा पटाका बरामद

kharibot

प्रतिनिधी तस्वीर

काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँको मुख्य प्रवेशद्धार नागढुङ्गामा ठूलो मात्रामा पटाका बरामद गरी नष्ट गरेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले तिहारका लागि काठमाडौँ उपत्यका भित्र्याउँदै गरेको दुई लाख ७६ हजार थान पटाका बरामद गरी आज नष्ट गरेको हो । 

महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको ना ४ ख ४५५ नम्बरको यात्रुबाहक बसमा चेकजाँचका क्रममा बसको सिटमुनी लुकाएर ल्याएको अवस्थामा १० बोरा पटाका प्रहरीले बरामद गरेको हो । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले रु १४ लाख मूल्य बराबरको पटाका बरामद गरेर काठमाडौँ जिल्ला प्रशासन कार्यालय, चन्द्रागिरी नगरपालिका र स्थानीय जनप्रतिनिधीको रोहवरमा नष्ट गरिएको जानकारी दिए । 

प्रहरीले अनुसन्धानका क्रममा बस चालक कञ्चनपुरका ३० वर्षीय नविन जोशीलाई पक्राउ गरेको छ । यस्तै आजै रौतहटको गौरबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७११४ नम्बरको बस चेकजाँचका क्रममा समेत पटाका फेला परेको छ । 

थानकोट प्रहरीले गरेको चेकजाँचमा आठ हजार ४०० थान खुर्सानी पटाका, ८० थान गमला पटाका, १०० थान वुलेट पटाका, १९० थान रकेट पटाका बरामद गरेको हो । प्रहरीले उक्त पटकासहित रौतहटका पिन्टु जैसवाललाई पक्राउ गरेको छ । दुवै घटनामा पक्राउ परेकालाई मुलुकी अपराध संहिता, २०७४ अनुसार विष्पोटक पदार्थ सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै