• २०८१ बैशाख १९ बुधबार

मनोज गजुरेलको स्वास्थ्यमा सुधार हुदै

kharibot

काठमाडौँ । हास्य कलाकार मनोज गजुरेलले आफ्नो स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएका छन् ।

कार्तिक ११ गते कलाकार मनोज गजुरेलले आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए । गजुरेलको स्वास्थ्यमा समस्या भएपछि उनलाई बिहीबार सशस्त्र प्रहरी अस्पताल भर्ना गरिएको थियो । अक्सिजनमा कमि आएपछि उनको आइसीयुमा उपचार भइरहेको छ ।

गजुरेलले शुक्रबार राति सामाजिक संजालबाट आफ्नो स्वास्थ्य राम्रो हुदै गएको बताएका छन् ।

उनले भनेका छन्, 'आराम छु, आरामको कामना गर्दछु । हिजो भन्दा आज धेरै राम्रो भइरहेको छ। स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यबाद ।'   

उनले गत आफ्ना दाजुलाई अस्पताल लाने ल्याउने गरेको बताएउदै सोहि क्रममा कोरोना संक्रमण भएको हुनसक्ने बताएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै