• २०८१ बैशाख १७ सोमबार

ड्रग्स प्रकरणमा बलिवुड अभिनेता अर्जुन रामपालको घरमा छापा

kharibot

काठमाडौँ । बलिवुडमा ड्रग्स प्रकरणमा अभिनेता अर्जुन रामपाल समेत तानिएका छन् । नारकोटिक्स कंट्रोल ब्यूरो (एनसीबी) ले बलिवुड सेलिब्रेटीले ड्रग्सको प्रयोग र कारोबार गर्ने बारे छानबिन गर्ने क्रममा अर्जुन रामपालको घरमा छापा मारेको छ ।

छापा मार्ने क्रममा अर्जुनको इलेक्ट्रोनिक्स ग्याजेटसहरु जफत गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । अर्जुनको घरबाट ड्रग्स फेला नपरेपनि उनलाई र उनकी प्रेमिका गाब्रेला डेमेट्रीआडेसलाई नोभेम्बर ११ मा बयानका लागि एनसीबीले पत्र दिएको भारतीय समाचार एजेन्सी एएनआइले उल्लेख गरेको छ ।

मिडिया रिपोर्टका अनुसार अर्जुनको ड्राइभरलाई पक्राउ गरेर प्रहरीले सोधपुछ गरिरहेको बताइएको छ ।

अघिल्लो महिनामात्र एनसीबीले ड्रग्स प्रकरणमा अर्जुन रामपालकी प्रेमिकाका भाईलाई ड्रग्स प्रकरणमै गिरफ्तार गरेको थियो । 

आइतबार नै प्रहरीले बलिवुडका चर्चित निर्माता फिरोज नाडियाडवालाको घरबाट गाजा जफत गरेको थियो ।त्यसपछि प्रहरीले उनकी पत्नीलाई गिरफ्तार गरेको थियो ।

अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणको छानबिन गर्ने क्रममा बलिवुडमा ड्रग्सको प्रयोग र कारोबारको घटना अगाडी आएपछि अहिले एनसीबीले यसको छानबिन गरिरहेको छ । यसअघि  एनसीबीले बलिवुडका अभिनेत्रीहरु दीपिका पादुकोने, साराअली खान, श्रद्धा कपुर, रकुलप्रित सिंहसँग बयान लिएको थियो । 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै