• २०८१ बैशाख १६ आइतबार

लायन्स क्लबद्वारा निःशुल्क मधुमेह जाँच तथा परामर्श कार्यक्रम आयोजना हुँदै

kharibot

काठमाडौँ । प्रत्येक वर्ष १४ नोभेम्बरको दिन विश्व मधुमेह दिवसका दिन मनाइन्छ । यस महत्वपूर्ण दिनलाई मध्यनजर गर्दै लायन्स क्लब अफ काठमाण्डौं समर्पनले यही ८ नोभेम्बरदेखि २० नोभेम्बरसम्म निःशुल्क मधुमेह जाँच कार्यक्रमको आयोजना गर्दैछ । क्याम्प बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म  के(ल्याब, टंगालमा सञ्चालन हुनेछ । 

“कार्यक्रम अन्तर्गत लायन्स क्लबले टंगालस्थित के(ल्याबबाट निःशुल्क मधुमेह जाँच एवं मधुमेह मात्रा उच्च रहेका व्यक्तिहरुका निःशुल्क एचबिए१सि जाँच सेवा, मधुमेह थाइरोइड र हार्मोन रोग विशेषज्ञ डा. दीना श्रेष्ठबाट निःशुल्क परामर्श सेवा सम्पूर्ण सुरक्षाका मापदण्ड अपनाई प्रदान गरिनेछ ।”  

नेपाल सहित विश्वभर ९ प्रतिशत मानिस मधुमेहबाट प्रभावित छन् । लगभग ५० प्रतिशत मानिसलाई त मधुमेह रोग भएको थाहा पनि हुँदैन । साथै हालको यस महामारीका कारण पटक पटक भइरहेको लकडाउनले अधिकांश मासिहरुको शारीरिक गतिविधि र व्यायाम न्यून भएको छ र यसले मधुमेहको जोखिम अझ वृद्धि भएको देखिन्छ । मधुमेह रोगीहरु कोभिड–१९ का जटिल समस्याहरुबाट प्रभावित हुने थप जोखिम हुन्छ । 

त्यसैले यही ८ नोभेम्बरदेखि २० नोभेम्बर लायन्स क्लबको निःशुल्क मधुमेह जाँच कार्यक्रममा सहभागी भई आफ्नो जाँच गराउन र अरुलाई पनि जानकारी दिनको लागि क्लबका अध्यक्ष लायन दिपक बन्सल ज्यू ले आब्हान गर्नु भयो । थप जानकारी लिनको लागि फोन नंम्बरः ०१-४४३८१९४, ०-१४४३८१९३ मा सम्पर्क गर्नको लागि अनुरोध गरिएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै