• २०८१ बैशाख १७ सोमबार

ड्रग्ससँग मेरो कुनै लेनादेना छैन, छानबिनलाई सहयोग गर्छु - अर्जुन रामपाल

kharibot

काठमाडौँ । बलिवुडमा ड्रग्स प्रकरणमा अभिनेता अर्जुन रामपालसँग नारकोटिक्स कंट्रोल ब्यूरो (एनसीबी) ले बयान लिएको छ । यस अघि उनको घरमा छापा मारेको एनसीबीले अभिनेता अर्जुनलाई शुक्रबार बयान लिएको हो । 

एनसीबीसँग बयान दिएपछि अर्जुन रामपालले मिडियासँग कुराकानी गर्दै आफ्नो घरमा भेटिएको औषधिको आफुले डाक्टरको प्रेसक्रिप्सन एनसीबीलाई दिएको जानकारी गराएका छन् ।

रामपालले एनसीबीको छानबिनमा आफुले सहयोग गरिरहेको बताउदै एनसीबीले राम्रो काम गरेको बताएका छन् ।

मिडियाका प्रश्नको जवाफ दिदै रामपालले ड्रग्ससँग आफ्नो कुनै लेना देन नभएको बताएका छन् । उनले भने, ड्रग्ससँग मेरो कुनै लेनादेना छैन । मेरो घरबाट केहि औषधि एनसीबीले लगेको थियो, जसको प्रिस्क्रिप्सन मैले एनसीबीलाई दिएको छु । मैले जाँचमा पुरै सहयोग गरेको छु ।'

एनसीबीले अभिनेता अर्जुन रामपालकी प्रेमिका गाब्रेला डेमेट्रीआडेससँग मंगलबार र बुधबार बयान लिइसकेको छ । 

एनसीबीले गत सोमबार बलिवुड सेलिब्रेटीले ड्रग्सको प्रयोग र कारोबार गर्ने बारे छानबिन गर्ने क्रममा रामपालको घरमा छापा मारेर उनका इलेक्ट्रोनिक्स ग्याजेटसहरु ल्यापटप, मोबाइल फोन, ट्याबलेट  जफत गरेको थियो । 

रामपालकी प्रेमिका डेमेट्रीआडेसका भाईलाई फिरफ्तार भएपछि एनसीबीले ड्रग्स प्रकरणमा रामपाल र उनकी प्रेमिकामाथि पनि छानबिन अगाडी बढाएको थियो ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै