• २०८१ बैशाख २० बिहीबार

मैथिली महाकवि 'विद्यापति स्मृति दिवस'को अवसरमा पाँच पुरस्कृत

kharibot

प्रतिनिधी तस्वीर

राजविराज । मैथिली महाकवि विद्यापतिको स्मृति दिवसको अवसरमा शनिबार मैथिली भाषा, साहित्य, कला, संस्कृति र पत्रकारिता क्षेत्रमा योगदान पुर्याउँदै आएका पाँच जनालाई पुरस्कृत गरिएको छ ।

मैथिली भवनमा आयोजित कार्यक्रममा रु सात हजार ५०१ राशिको शिवदत्त मिश्र स्मृति पुरस्कार इतिहासविद् एवं लेखक प्राडा पीताम्बरलाल यादवलाई प्रदान गरिएको छ । विवेका लक्ष्मी मैथिली पत्रकारिता पुरस्कार साहित्यकार एवं मिथिला साप्ताहिकका सम्पादक देवेन्द्र मिश्रलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु पाँच हजार पाँच रहेको छ ।

त्यस्तै रु पाँच हजार पाँच राशिको शोभा देव स्मृति मैथिली पुरस्कारबाट मैथिली भाषाका कवि पुनम ठाकुरलाई प्रदान गरिएको छ । विजयेन्द्र विनोद कला संस्कृति पुरस्कार गायिका सुनिता साह र कञ्चन झालाई प्रदान गरिएको छ । पुरस्कारको राशी रु एक हजार ५०५ रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै