• २०८१ बैशाख २० बिहीबार

मैथिली संस्कार अनुसार भगवान रामको तिलकोत्सव सम्पन्न

kharibot

फाइल तस्वीर

जनकपुरधाम । प्रतीकात्मक सीताराम विवाह महोत्सवका सन्दर्भमा मैथिली संस्कार अनुसार आज तिलकोत्सव सम्पन्न भएको छ ।

जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले गोस्वामी तुलसीद्वारा रचित रामायणमा भएको वर्णनानुसार तिलकोत्सवलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । यस अवसरमा सीतालाई छोरी,बहिनी मान्ने मिथिलावासीको आस्थानुरूप जानकी मन्दिरका महन्त रामतपेश्वर दासद्वारा राम मन्दिरका महन्त राम गिरीलाई माङ्गलिक वस्तुको भारी पठाउने चलन छ ।

राम मन्दिरको परिसरमा हुने गरेको सो उत्सवमा राम मन्दिरका महन्त गिरी राजा दशरथ र जानकी मन्दिरका महन्त दास राजा जनकका रूपमा सम्धी मिलन गर्ने परम्परा पनि छ । सो अवसरमा सहभागी श्रद्धालुको उत्साहले उत्सव वास्तविक विवाहभन्दा रमाइलो हुने गरेको छ । यसपटक कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी नेपाल भारत सीमा बन्द रहेका कारण उत्सवमा भारतीय श्रद्धालुको सहभागिता न्यून छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै