• २०८१ बैशाख १७ सोमबार

ट्रम्पलाई स्न्याप च्याटले पनि प्रतिबन्ध लगायो

kharibot

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्को सामाजिक संजाल स्न्याप च्याटले पनि प्रतिबन्ध लगाएको छ ।

स्न्याप च्याटले राष्ट्रपति ट्रम्पलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको जानकारी गराउदै उनको एकाउन्ट सस्पेन्ड गरिदिएको हो ।

स्न्याप च्याटले आफ्ना प्रयोगकर्ताहरुको हितलाई ध्यानमा राख्दै यस्तो निर्णय लिएको बताएको छ ।

जनवरी ६ मा अमेरिकी संसदमा भएको हिंसापछि स्न्यापच्याटले ट्रम्पलाई तुरुन्तै पोष्ट गर्नबाट भने रोकेको थियो ।

यस अघि सबैभन्दा पहिला फेसबुकले ट्रम्पलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको थियो भने ट्वीटरले ट्रम्पको ८० मिलियन फलोअर्स रहेको एकाउन्ट सधैका लागि सस्पेन्ड गरिदिएको थियो । त्यस्तै युट्युबले पनि ट्रम्पको च्यानलमा रहेका आपत्तिजनक भिडियो हटाएर नयाँ भिडियो पोष्ट गर्न प्रतिबन्ध लगाएको छ ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै