• २०८१ बैशाख २१ शुक्रबार

कान्स फिल्म फेस्टिभल पुन: स्थगित

kharibot

काठमाडौँ । कोरोना महामारीको कारण पछिल्लो वर्ष रद्द गरिएको कान्स फिल्म फेस्टिभल, यस वर्षको जुलाई सम्मको लागि स्थगित गरिएको छ ।

समारोहलाई मानिसहरुको उपस्थितिमा आयोजना गर्नको लागि स्थगित गरिएको कान्सले जनाएको छ ।

कान्सका आयोजकले बुधबार यसको घोषणा गरेका हुन् । समारोह पहिला घोषणा गरिएको भन्दा दुई महिना पछि ६ देख १७ जुलाईको बीचमा हुनेछ ।

फ्रेन्च रिभेरा महोत्सव पछिल्लो ७५ वर्ष देखि आयोजना गरिदै आएको छ तर कोरोना भाइरसको कारण यस पटक समारोह प्रभावित भएको छ ।

कान्स समारोहलाई पछिल्लो वर्ष जुलाई सम्मको लागि स्थगित गरिएको थियो र अवस्था थप गम्भीर हुँदै गएपछि रद्द गरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै