• २०८१ बैशाख १६ आइतबार

लक्ष्मी बैंकको’ माई मोबाईल मनि’ भिडियो प्रतियोगिताको नतिजा घोषणा

kharibot

काठमाडौ । लक्ष्मी बैंकले आयोजना गरेको ’माई मोबाईल मनि’भिडियो प्रतियोगिताको नतिजा घोषणा गरिएको छ । एक नौलो र फरक प्रकारको यो प्रतियोगिता लक्ष्मी बैंकको दोस्रो क्राउड सोर्सिङ प्रतियोगिता हो ।  

यस अघि बैंकले ’माई कार्ड आइडिया’ नामक प्रतियोगिता आयोजना गरेको थियो जसमा सहभागी हरुले बैंकको डेबिट कार्डको लागी विभिन्न प्रकारका डिजाइन पेश गर्नु गरी विजयी भएको डिजाइन हाल पनि लक्ष्मी बैंकका डेबिट कार्ड हरुमा प्रयोग हुँदै आएको छ ।

'माई मोबाईल मनि' प्रतियोगितामा भने पाँच वटा विभिन्न शिर्षकमा रहेको र सहभागी हरुले प्रत्येकशिर्षकमा३ मिनट सम्मको १,१ गरी कुल पाँच वटा सम्म भिडियो पठाउन सक्ने नियम रहेको थियो । यस व्यवस्था अन्तर्गत सहभागिहरुले प्रत्येक शिर्षकमा ५० हजार गरी कूल दुई लाख ५० हजार सम्म जित्ने अवसर रहेको थियो । सो प्रतियोगितामा विभिन्न क्षेत्रहरु बाट दुई सय ५० भन्दा बढी भिडियोमार्फत उत्साहजनक सहभागिता रहेको थियो । 

साथै पहिलो शिर्षकमा भने २ भिडियोहरु बिच बराबर भई २ वटै भिडियो बिजेता भएका छन् । प्रतियोगितामा प्राप्त भिडियोहरुबाट रचनात्मक्ता तथा कथा वस्तु, कार्यन्वयन, र प्रासङ्गिक्ता का आधारमा विजयी भिडियोको निर्णय लिइएको थियो । 

बैकका अनुसार पुरस्कृत हुनेहरुमा बिल भुक्तानी १ लकेश दंगल, विराटनगर र मन्दिप बखुन्छे, भक्तपुर, बिल भुक्तानी २ विकास त्रपाठी, पोखरा, कार्ड सेवा सन्तोश शाक्य, काठमाडौं, कार्ड रहित नगद निस्काषन भुवन तिवारी,भरतपुर, नगद ट्रान्स्फर छेवाङ गुरुङ, मुस्ताङ रहेका छन्  ।  

बैंकले सो प्रतियोगिताक सबै विजेताहरुलाई बधाई दिँदै यो प्रतियोगिता सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण सहभागिहरुलाई धन्यवाद ज्ञापन गरेको छ । साथै यस प्रकारका नयाँ र रमाईला प्रतियोगिताहरु भविष्यमा पनि लिएर आउने  जनाएको छ  । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय