• २०८१ बैशाख २१ शुक्रबार

माओवादी केन्द्रमा फर्किने सम्भावना न्यून छ- लेखराज भट्ट

kharibot

काठमाडौँ । उद्योगमन्त्री लेखराज भट्टले आफूहरु माओवादी केन्द्रमा फर्किने सम्भावना न्यून रहेको बताएका छन् ।

बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा पत्रकारहरुसँग कुरागर्दै  मन्त्री भट्टले अहिले आफूहरुले छलफल गरिरहेको भएपनि पार्टीमा फर्किने सम्भावना भने न्यून रहेको बताए ।

उनले भने, 'हामी अहिले छलफलमा छौं । प्रधानमन्त्री ज्यूसँग पनि छलफल गरिरहेका छौं । अबको केही दिनमा निर्णय लिन्छौं ।’

माओवादी केन्द्रमा फर्किने सम्भावना कत्तिको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा नेता भट्टले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि फकिर्न सम्भावना आफूले नदेखेको बताए ।

उनले भने ‘पार्टीले समर्थन फिर्ता लिएपनि हामी फर्किने सम्भावना म देख्दिँन ।'  

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि भट्टसहित माओवादी केन्द्रका रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापालगायतका नेताहरु ओली पक्षमा लागेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै