• २०८१ बैशाख २१ शुक्रबार

माओवादी नेता थापा र भट्टलाई एमालेमा प्रदेश इन्चार्जको जिम्मेवारी

kharibot

काठमाडौँ । नेकपा एमालेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा र लेखराज भट्टलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले थापालाई बागमती प्रदेशको इन्चार्ज बनाएको हो । यसअघि बागमती प्रदेश इन्चार्जमा माधवकुमार नेपाल पक्षकी नेता अष्टलक्ष्मी शाक्य रहेकी थिइन् ।

त्यस्तै सुदूरपश्चिम प्रदेशको इन्चार्जमा माओवादी केन्द्रका नेता लेखराज भट्टलाई मनोनयन गरिएको छ । यसअघि सुदूरपश्चिम इन्चार्जमा नेपाल पक्षीय नेता भीम रावल रहेका थिए ।

त्यस्तै माओवादी केन्द्रबाट एमालेमा आएका २३ जनालाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ ।

यसअघि २०५ सदस्सीय रहेको एमालेको केन्द्रीय कमिटी बैठक अब २२८ सदस्यीय भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै