काठमाडौं । काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा रहेको सिटी मार्केटका पसलहरु बन्द गरेको छ ।
सम्झौताविना नै व्यवसायीहरुले ७–८ वर्षदेखि महानगरको स्वामित्वको भवनमा बसेको भन्दै महानगरपालिकाले विहिबार सिटी मार्केटका सय भन्दा बढी पसल सिल गरेको हो ।
यस अघि एक साता अघि महानगरले पसलहरु खाली गर्न माइकिंग समेत गरेको थियो । सटर खाली गर्न एक साता मात्र समय दिएको भन्दै व्यवसायीले विरोध जनाएका थिए ।
महानगरपालिकाले भने पटक–पटक महानगरको भवनमा बिना सम्झौता नबस्न आग्रह गर्दै आएको बताएको छ । महानगरले २०७० सालदेखि नै पसलहरु खाली गर्न व्यवसायीलाई सूचना दिदै आएको बताएको छ ।
यसअघि महानगरले सो भवन ठेकदारमार्फत भाडमा दिएको भएपनि सो सम्झौता नवीकरण गरेको थिएन ।