• २०८१ बैशाख १६ आइतबार

मुख्यमन्त्री गुरुङलाई मन्त्रीले नै दिएनन् मत !

kharibot

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई विश्वासको मत दिन उनकै क्याबिनेटका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) अनुपस्थित भएका छन् ।

विहिबार गण्डकी प्रदेशसभा बैठकमा मत विभाजनमा मुख्यमन्त्री गुरुङको पक्षमा २७ मत परेपछि उनले विश्वासको मत गुमाएका छन् ।

तर उनकै सरकारमा रहेका मन्त्री मनाङे रहदै मत बिभाजनमा सहभागी नभएको विषय चर्चामा रहेको छ । आजको बैठकमा उपस्थित भएर मतदान गरेको अवस्थामा पनि मुख्यमन्त्री गुरुङले विश्वासको मत भने पाउने अवस्था थिएन । त्यस्तै आजको मत बिभाजनमा जनमोर्चा सांसद कृष्ण थापा भने तटस्थ बसेका छन् । 

उनले यसअघि बुधबार नै मुख्यमन्त्री गुरुङका प्रतिनिधिलाई आफुले प्रदेश सभा तोकिएको समय सम्म चलोस भन्ने चाहेको र ३० मत जसको पक्षमा हुन्छ त्यसलाई समर्थन गर्ने सन्देश पठाएका थिए ।

अब विपक्षी दलहरुले ३० मत पाएपछि  मनाङेको कदम के हुन्छ भन्ने बारे भने स्पष्ट रहेको छैन ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै