मेसीले आफ्नो खेल जीवन झल्किने फूटबल बुट पाए उपहार 

खरीबोट
ad

काठमाडौँ । लियोनेल मेसीले उपहार स्वरूप पाएको हातले पेन्ट गरेको फुटबल बुट अहिले चर्चाको विषय बनेको छ ।

पराग्गुवेका कलाकार लिली कान्टेरोले मेसीको खेल जीवनलाई फुटबलको बुटमा हातले पेन्ट गरेर मेसीलाई उपहार स्वरूप दिएका हुन् ।  सो उपहार पाएपछि मेसीले सो बुट मिडियामा सार्वजनिक गरेका छन ।

सो बुटमा मेसीका खेल जीवनका महत्वपूर्ण क्षणहरुलाई उतारेका छन् । सो बुटमा मेसीको परिवार, श्रीमती, बच्चासँगको तस्बिर देखि एल क्लासिकोमा रियलविरुद्ध गोल गरेपछि आफ्नो जर्सी खोलेर रियलका फ्यानहरुलाई देखाएको ऐतिहासिक तस्विर पनि कैद गरेका छन् । 

कलाकार लिलीले यो बुट मेसीको खेल जीवनबाट प्रेरित भएर बनाएको बताउदै यसमा तस्बिरको माध्यमबाट मेसीको इतिहास र उनि कसरी मेहनत गरेर शिर्ष स्थानमा पुगे भन्ने देखाउन खोजेको बताएका छन् ।

कलाकार लिलीले हातले पेन्ट गरेर फुटबल बुट उपहार दिएको मेसी भने पहिलो खेलाडी होइनन् । लिलीले यस अघि पराग्गुवेका खेलाडी डेरलिज गोन्जालेजसहित अन्य व्यवसायिक फुटबलरलाई यस्ता हातले पेन्ट गरेका बुट उपहार स्वरूप दिएका थिए । 
 

सम्बन्धित समाचार

मेसी बिनाको अर्जेन्टिना ब्राजिलसँग हार्यो 

काठमाडौँ। ब्राजिलले आफ्नो परम्परागत प्रतिद्वन्दी अर्जेन्टिनालाई पराजित गरेको छ। हाल युएइमा रहेका दुवै टिमबीचको भएको मैत्रीपूर्ण फुटबलमा ब्राजिलले १-० गोल अन्तरले पराजित गरेको छ।  ब्राजिलले खेलको अन्तिम मिनेटमा जोआओ मिरांडाको गोलमा

मेसीबिना अर्जेन्टिनाको इराकमाथि सजिलो जित

काठमाडौँ।  लियोनेल मेसी  खेलिरहेको अर्जेन्टिनाले मैत्री खेलमा इराकलाई ४-० ले पराजित गरेको छ । गएराती भएको खेलमा अर्जेन्टिनको जितमा लाउटारो मार्टिनेज, रोबेर्टो पेरेयेरा, गर्मन पेजेला र फ्रान्को केर्भीले एक एक  थिए। विश्वकपमा नराम्रो पराजयपछि

मेसी प्रेरित बार्सिलोनाको टोटनह्याममाथि सहज जित 

काठमाडौँ।  च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले टोटनह्यामलाई पराजित गरेको छ।  गएराती भएको खेलमा बार्सिलोनाले टोटनह्यामलाई ४-२ले पराजित गरेको हो।  बार्सिलोना जितमा लियोनेल मेसीले २ गोल गरे भने फिलिप कोटीन्हो र इभान रकिटिकले

म्यारोडोनाको मेसीलाई सल्लाह, 'राष्ट्रिय टिममा फर्केर नजाउ' 

काठमाडौँ। अर्जेन्टिनाका फुटबल लिजेण्ड डिएगो म्याराडोनाले स्टार खेलाडी लियोनेल मेसीलाई राष्ट्रिय टिमबाट सन्यास लिन सल्लाह दिएका छन्। विश्वकपबाट बाहिरिएपछि राष्ट्रिय टिमका दुई खेलमा अनुपस्थित रहेका मेसीलाई म्यारोडोनाले अब राष्ट्रिय टिममा नफर्किन


z