• २०८१ बैशाख १६ आइतबार

इथोपियाको टिग्रेमा करिब ३३ हजार बालबालिका भोकमरीले मर्न सक्ने युनिसेफको चेतावनी

kharibot

काठमाडौँ । युनिसेफले इथोपियाको टिग्रे इलाकामा करिब ३३ हजार बालबालिका भोक र कुपोषणबाट मृत्यु हुनसक्ने चेतावनी दिएको छ ।

युनिफेसले सरकारी सुरक्षाबल र विद्रोही लडाकुबीचको संघर्षका कारण टिग्रेको अवस्था जर्जर रहेको बताएको छ ।

२०२० को नोभेम्बरबाट शुरु भएको यस लडाईपछि यस क्षेत्रबाट अहिलेसम्म करिब १७ लाख विस्थापित भइसकेको बताइएको छ ।

संयुक्त राष्ट्रसंघको एक अध्ययनका अनुसार यस क्षेत्रमा रहेका ३ लाख ४३ हजार मानिसमाथि गम्भीर संकट आएको उल्लेख छ ।

जसमा ३३ हजार बालबालिकाको मृत्यु भोकका कारण हुनसक्ने आशंका व्यक्त गरिएको छ ।

युनिसेफले यस्तो चेतावनी दिएको भएपनि इथोपियाले टिग्रे क्षेत्रमा राहत पुर्याइरहेको दाबि गरेको छ ।

युनिसेफले टिग्रे क्षेत्रमा व्यापक भोकमरी रहेको भन्दै सहयोग पुर्याउन अपिल गरेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै