• २०८१ बैशाख १६ आइतबार

इथोपिया भोकमरीको चेपेटा, वितरण गरिएको खानेकुरा विद्रोहीले लुटे

kharibot

न्युयोर्क । इथोपियामा खाद्य वितरणका लागि लगिएको सामाग्री लुटेराहरुले लुटेपछि विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले वितरण कार्य रोक्का गरेको छ ।

सशस्त्र विद्रोही टिग्रयान फौजका कार्यकर्ताले लुटपाट गरेपछि डब्लूएफपीले वितरण कार्यक्रम रोकेको हो । समूहका कार्यकताहरुले कोम्बोल्चा सहरमा बन्दूक तेर्साएर डब्लूएफपीका कर्मचारीलाई नियन्त्रणमा लिएकोसमेत राष्ट्रसंघले जनाएको छ । 

नियन्त्रणमा लिएपछि लुटेराहरुले अत्यावसेकीय खाद्य सामाग्री चोरिदिएका थिए । सशस्त्र टिग्रयान फौज र सरकारी सेनाबीचको द्वन्द्वका कारण उत्तरी इथोपिया लामो समयदेखि भोकमरीको चपेटामा परेको छ । एक वर्ष लामो गृहयुद्धका कारण त्यहाँका ९० लाख मानिस खाद्यन्न अभावबाट बन्चित छन् । 

खाद्यन्न लुटेपछि कर्मचारीलाई दुव्र्यवहार गरेको राष्ट्रसंघले जनाएको छ । ‘कर्मचारीमाथिको दुव्र्यवहार असह्य छ । लुटपाटले अत्यावसेकीय क्षेत्रमा खाद्यन्न वितरण गर्ने राष्ट्रसंघको अभियानलाई नजरअन्दाज गरेको छ ,’ राष्ट्रसंघका प्रवक्ताले भनेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै