• २०८१ बैशाख १८ मंगलबार

राष्ट्रिय वाणिज्य बैंक संचालक समिति अध्यक्षमा रामशरण पुडासैनी

kharibot

काठमाडौ । राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त संचालक समितिका अध्यक्ष  रामशरण पुडासैनीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन । बैंक संचालक समितिको आईतबार बसेको बैठकले रामशरण पुडासैनीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । 

यसअघि अध्यक्षको जिम्मेवारी निर्वाह गरेका अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माले अध्यक्षको पदबाट बैंक संचालक समिति समक्ष राजीनामा दिएका थिए । नवअध्यक्ष रामशरण पुडासैनी नेपाल सरकार अर्थ मन्त्रालयका राजश्व सचिव हुन्। शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्धय निलम तिम्सिना ढुङ्गाना तथा बमबहादुर मिश्र, अन्य उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै