• २०८१ बैशाख २१ शुक्रबार

इजरायलद्धारा युएइका लागि पहिलो राजदूत नियुक्त

kharibot

अमिर हइक

तेल अभिभ । इजरायलले संयुक्त अरब इमिरेट्स (युएइ)का लागि पहिलो पटक राजदूत नियुक्त गरेको छ । 

दुई देशबीचको सम्वन्ध सामान्य हुदै गएकाले राजदूत नियुक्त गरिएको इजरायलका विदेशमन्त्रीले आइतबार जानकारी दिएका छन् । 

इजरायली विदेशमन्त्री याइर लापिडले इजरायलको तर्फबाट युएइका लागि राजदूतमा अमिर हइकलाई नियुक्त गरिएको जानकारी दिए । 

राजदूतमा नियुक्त भएका हइक यसअघि उद्योग, व्यापार र रोजगार मन्त्रालयका निर्देशकका रुपमा काम गरेका थिए । उनी राम्रो अर्थशास्त्रीका रुपमा पनि परिचित छन् । “हइकसँग अर्थतन्त्र र पर्यटनको क्षेत्रका बारेमा पर्याप्त अनुभव र ज्ञान छ, त्यसलाई उहाँले सदुपयोग गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौँ,” विदेश मन्त्री लापिडले भने । 

उनको अनुभव, क्षमता, योग्यता र विज्ञताले दुई देशको सम्वन्धलाई राम्रो बनाउदै दुबै पक्षको हितका कामहरु हुने आशाा गरिएको बताए ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै