प्रदेश कार्यालय सञ्चालनका लागि भौतिक पूर्वाधार उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन

खरीबोट

फाइल फोटो ।

ad

काठमाडौँ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रदेश कार्यालय सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार उपलब्ध गराउन आफ्ना मातहतका स्थानीय तहमा रहेका कार्यालयलाई निर्देशन गरेको छ । 

प्रदेश सरकार सञ्चालनका लागि स्थायी संरचना नबनेसम्मका लागि आवश्यक भौतिक पूर्वाधार उपलब्ध गराउन आफ्नो मातहतका स्थानीय तहलाई आज निर्देशन गरिएको मन्त्रालयका कर्मचारी प्रशासन तथा आन्तरिक व्यवस्थापन शाखाका शाखा अधिकृत रवीन्द्रजंग थापाले जानकारी गराए । 

मन्त्रालयले चाँडै नै निर्णय बमोजिमको कार्यालय उपलब्ध गराउन प्रदेश मुकाममा रहेका स्थानीय तहलाई निर्देशन गरेको हो । प्रदेश कार्यालय नयाँ भएकाले अहिले अन्तरिम व्यवथापनका लागि मन्त्रालयले स्थानीय तहका केही कार्यालयबाट प्रदेश कार्यालय सञ्चालनका लागि भवन उपलब्ध गराउन निर्देशन गरेको हो । 

उनले जिल्ला समन्वय समिति, महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकालाई प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र प्रदेश मन्त्रालय सञ्चालनका लागि आवश्यक भवन र संरचना उपलब्ध गराउन निर्देशन दिएको बताए । स्थानीय तहले आफूसँग भएको कार्यालका भवन प्रदेश कार्यालय सञ्चालनका लागि दिनुपर्नेछ । 

स्थानीय तहले क्षेत्रीय प्रशासक कार्यालयले प्रमुख जिल्ला अधिकारीसँगको संयोजनमा ती भवन र संरचनाको प्रदेश कार्यालय सञ्चालन गर्नका लागि वैकल्पिक व्यवस्थापन गर्नेछन् । 

सम्बन्धित समाचार

खेलकूदका भौतिक पूर्वाधार निर्माणको काममा तीव्रता

नेपालगञ्ज / नेपालगञ्ज रंगशालामा खेलकूदका भौतिक पूर्वाधार निर्माणको काम अहिले धमाधम भइरहेको छ।  नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गरी भौतिक पूर्वाधार निर्माणको कार्यलाई तीव्रता दिइएको हो । अहिले नेपालगञ्ज

रुपन्देहीको स्थानीयतहको बजेटमा कृषि, भौतिक पूर्वाधार, पर्यटनलाई प्राथमिकता

बुटवल । रुपन्देही जिल्लाका स्थानीय तहले आर्थिक वर्ष २०७५÷७६ का लागि बजेट आइतबार प्रस्तुत गरेका छन् ।  यहाँका स्थानीयतह अधिकांशले कृषि, भौतिक पूर्वाधार र पर्यटनलाई प्राथमिकतामा राखेर बजेट तर्जुमा गरेका छन् । जिल्लाको

पर्यटन प्रवद्र्धनको लागि भौतिक पूर्वाधार विकास गर्नु पर्नेमा जोड

काठमाडौँ / प्राकृतिकरुपमा निर्माण भएका ताल तलैयाको संरक्षण हुन नसक्दा सरकारले अगाडि सारेको आगामी दुई वर्षभित्र २० लाख पर्यटक भित्र्याउने योजना कार्यान्वयन हुन समस्या पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ

प्रदेश ५ को राजधानीमा भौतिक पूर्वाधार अभाव

बुटवल ।  भौतिक पूर्वाधार अभावका कारण प्रदेश नं ५ मा सरकारका दैनिक काम प्रभावित भएका छन् ।  केन्द्रीय सरकारअन्र्तगत सञ्चालित सरकारी निकायहरु अझैसम्म प्रदेश र स्थानीय सरकार मातहत आइनसकेको र कर्मचारी समायोजनमा पनि


z