• २०८१ बैशाख २१ शुक्रबार

बर्षमान पुन उपचारका लागि बुधबार बैंकक जाने

kharibot

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री वर्षमान पुन थप उपचारका लागि बुधबार थाईल्याण्डको बैंकक जाने भएका छन् ।

पछिल्लो समय जण्डिस रोगबाट पिडित पुनको स्वास्थ्यमा सुधार नभएपछि उनको थप उपचार बैंककमा गरिने भएको उनका स्वकीय सचिव सन्तोष पुनले खरीबोटलाई जानकारी दिएका छन् ।

सोमबार पुनलाई भेट्न गएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता पुनलाई बैंकक गएर थप उपचार गराउन सुझाव दिएका थिए ।

नेता पुन यसअघि झन्डै दुई वर्षअघि जण्डिसकै कारण गम्भीर बिरामी भएपछि बैंककमै उपचार गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै