• २०८१ बैशाख १८ मंगलबार

मुकेश अम्बानीको परिवार लण्डन बस्ने तयारीमा !

kharibot

काठमाडौँ । भारतका सबैभन्दा धनि व्यक्ति मुकेश अम्बानी परिवारसहित ब्रिटेनमा बस्ने योजना बनाएको खुलासा भएको छ ।

हाल मुम्बईमा बसिरहेका अम्बानीले ब्रिटेनमा स्थायी रुपमा बस्ने तयारी गरेको एक रिपोर्टमा उल्लेख गरिएको छ ।

भारतीय मिडियाहरुले अम्बानीले अब विश्व बजारलाई लक्ष्य गर्दै ब्रिटेनलाई आधार बनाएर काम गर्ने तयारी गरेको उल्लेख गरेका छन् ।

यसका लागि अम्बानी परिवारले लण्डनस्थित बकिंघमशायरको स्टोक पार्कमा ३०० एकडको जमिन किनेको बताइएको छ ।

अम्बानीले सो सम्पत्ति ५९२ करोड भारतीय रुपैयाँमा किनेको मिडिया रिपोर्टमा उल्लेख छ ।

अहिले सो सम्पत्तिमा आफु अनुकुलको निर्माण शुरु भएको बताइएको छ । अम्बानीको सो घर ४९ बेडको हुने उल्लेख गरिएको छ ।

अम्बानी परिवार आउदो अप्रिलसम्ममा लण्डन सर्ने बताइएको छ    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै