• २०८१ बैशाख २० बिहीबार

ग्लास्गो कोप-२६ सम्मेलन असफल भयो- ग्रेटा थनबर्ग

kharibot

काठमाडौँ । स्वीडिस युवा पर्यावरण अभियानकर्ता ग्रेटा थनबर्गले हालै ब्रिटेनको ग्लास्गोमा भएको जलवायु परिवर्तनको विषयमा आयोजित कोप-२६ सम्मेलन असफल भएको टिप्पणी गरेकी छन् ।

ग्लास्गो शहरमा आयोजित एक सभालाई सम्बोधन गर्दै ग्रेटाले कोप-२६ ले जलवायु परिवर्तनको मुद्धालाई सम्बोधन गर्न असफल भएको बताएकी हुन् ।

उनले भनिन्- 'यो कुनै रहस्य होइनकी कोप-२६ असफल भयो । यो कुरा स्वत: बुझ्न आवश्यक छकी हामी एक समस्याको समाधान त्यो तरिकाले समाधान गर्न सक्दैनौं जसको कारणले समस्या सिर्जना भएको छैन ।'

युवा प्रयावरण प्रेमीहरुले योजना गरेको फ्राइडे फर फ्युचर मार्चलाई सम्बोधन गर्दिया उनले तत्काल कार्बनको बार्षिक उत्सर्जन डरमा कमि गर्नुपर्नेमा जोड दिएकी थिइन् ।

उनले भनिन्- ' हामीले तत्काल लागु हुने गरि कार्बनको बार्षिक उत्सर्जन दरमा कमि ल्याउनु जरूरी छ जो कहिल्लै भएको थिएन ।'

विश्वका नेताहरु जमघट बह्येर सम्पन्न भएको शिखर सम्मेलनमा नेताहरुले जलवायु परिवर्तनलाई रोक्ने विषयमा आवश्यक कदम उठाउने प्रतिबद्धता व्यक्त गरेका थिए । 
     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै