• २०८१ बैशाख १७ सोमबार

भियतनाममा चीनद्वारा निर्मित मेट्रो रेलवे सञ्चालनमा

kharibot

हनोई । भियतनामी राजधानी हनोईका अधिकारीहरूले शनिबार चीनद्वारा निर्मित क्याट लिन्ह-हा डोङ मेट्रो लाइन परियोजनाको उद्घाटन गर्दै यो व्यावसायिक सञ्चालन सुरु गर्ने देशको पहिलो मेट्रो लाइन बनेको बताएका  छन् ।

उक्त परियोजना हनोईलाई यसको लगानीकर्ता भियतनामी यातायात मन्त्रालयले सोही दिन हस्तान्तरण गरेको  छ। 

मेट्रो लाइनका सबै यात्रुहरूले पहिलो १५ दिनसम्म नि:शुल्करूपमा आवतजावत गर्न सक्नेछन् ।

शनिबार बिहान नि:शुल्क दुईतर्फी यात्रा गरेपछि  हनोईको थान जुआन जिल्लाकी ३० वर्षीय यात्री होआङ थि हुओङले मेट्रो लाइन आफूले विदेशमा देखेको जत्तिकै आधुनिक भएको प्रतिक्रिया दिएकी छिन् ।

" अब मलाई काममा जाँदा हरेक बिहान भीडको चिन्ता लिनु पर्दैन," हुओङले सिन्ह्वालाई भनिन् शहरमा यातायात सहज बनाउन थप सहरी रेलवे परियोजनाहरू निर्माण गरिने हुँदै जनेछन् । १२ स्टेसन भएको एलिभेटेड लाइन १३ किमी भन्दा बढी छ । प्रत्येक रेल प्रतिघण्टा ८० किमी को गतिमा १,000 यात्रु बोकेर हिड्नेछ । एलिभेटेड रेलवे परियोजनाले आधिकारिक रूपमा अक्टोबर २०११ मा निर्माण शुरु गरेको थियो भने यसको परीक्षण डिसेम्बर २०२० मा गरिएको थियो ।

प्रति यात्रुको एक दिनको टिकटको मूल्य ३0,000 भियतनामी मुद्रा (१.३३ अमेरिकी डलर)  हुनेछ । त्यस्तै एक महिनाको टिकट मुल्य २ लाख भियतनामी डोंग अर्थात् (८.८३ डलर) हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै