• २०८१ बैशाख २१ शुक्रबार

विभिन्न देशले प्रतिबन्ध लगाएपछि दक्षिण अफ्रिकी राष्ट्रपतिले भने– हामीमाथि विभेद भयो

kharibot

केप टाउन । दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसाले कोभिडको नयाँ भेरियन्टलाई कारण देखाउँदै आफ्नो देश र अन्य छिमेकीविरुद्ध याात्रा प्रतिबन्ध लगाउने कदमको विरोध गरेका छन् । यात्रा प्रतिबन्ध अनावश्यक भन्दै तत्कालै हटाउनसमेत सम्बन्धित देशहरुलाई उनले आग्रह गरेका छन् ।

‘प्रतिबन्धका कारण दक्षिण अफ्रिका दुःखी छ,’ उनले भने । दक्षिण अफ्रिका अनुचित विभेदको पीडित भएको उनले बताए ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि बेलायत, अमेरिका, हङकङ, इजरायल, युरोपेली युनियनमा आबद्ध देशसहित दर्जनौ देशले दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाएका छन् ।

हाल प्रचलनमा आइरहेका कोभिड खोपले नयाँ भेरियन्टलाइ काम नगर्ने विज्ञहरुले बताउँदै आएका छन् । यसबारेमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले थप अनुसन्धान गरिरहेको छ ।

दक्षिण अफ्रिकामा देखिएको नयाँ भेरियन्ट अन्य देशहरुमा पनि फैलिन थालेपछि विभिन्न देशले आफ्नो सीमा बन्द गरेका छन् । 

ओमिक्रोन अहिले भारत, बेलायत, जर्मनी, अस्ट्रेलिया र इजरायललगायत  विश्वका विभिन्न देशमा भेटिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै