मुलुकी ऐन देवानी संहिता भदौदेखि लागू हुने

खरीबोट

काठमाडौँ । आर्थिक गतिविधिलाई बढावा दिन तथा व्यवसाय सञ्चालनका विवाद तत्काल निरुपण गर्न मुलुकी ऐन देवानी संहिता भदौदेखि लागू हुने प्रायः पक्का भएको छ ।

मुलुकी ऐन देवानी संहिताले व्यापार–व्यवासाय सञ्चालनका क्रममा सम्बन्धित व्यक्ति वा कम्पनीले करारका शर्तअनुरुप सेवा वा साधन प्रवाह÷आपूर्ति नगरे कानूनअनुसार क्षतिपूर्ति दिइने व्यवस्था गरेको छ ।

नेपाल–अमेरिका उद्योग वाणिज्य संघले आज राजधानीमा आयोजना गरेको ‘नेपालमा क्षतिपूर्ति कानूनको आवश्यकता’ विषयको कार्यशालामा सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले उक्त संहिता कार्यान्वयनका निम्ति भदौभित्रमा आवश्यक कानून पारित हुने विश्वास व्यक्त गरे ।

उनले उक्त संहितामा ‘कानूनअनुसार क्षतिपूर्ति दिइने’ जस्ता अस्पष्टता नयाँ कानूनले चिर्ने बताउँदै आमनागरिकलाई क्षतिपूर्ति सम्बन्धमा जागरुक तुल्याउन अपरिहार्य भएको विचार व्यक्त गरे ।

यहाँस्थित अमेरिकी दूतावासका प्रमुख माइकल सी गोन्जालेसले नेपालको आर्थिक विकास र समृद्धि अमेरिकाको प्राथमिकता भएको स्पष्ट गर्दै सन् २०३० सम्ममा नेपाललाई मध्यम आययुक्त मुलुकमा स्तरोन्नति गर्न अमेरिकी सरकारले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

संघका अध्यक्ष किरणप्रकाश साखःले सुरक्षित व्यवसाय सञ्चालन तथा जोखिम व्यवस्थापनका निम्ति क्षतिपूर्तिको कानूनी प्रावधान अत्यावश्यक भएको बताउँदै प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न त्यस्तो ऐन व्यवसायका निम्ति प्राणवायु बनेको जिकिर गरे ।

सम्बन्धित समाचार

नयाँ मुलुकी ऐनसँगै सम्बन्ध विच्छेदको मुद्दा बढ्दो

दाङ। गत भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी ऐनसँगै जिल्ला अदातल दाङ देउखुरीमा पत्नीसँग सम्बन्ध विच्छेदको माग गर्दै ५७ पुरुषले मुद्दा दर्ता गराएका छन् ।  दाङ देउखुरी अदातलका श्रेस्तदार चुडामणि

मुलुकी ऐन काँग्रेस सरकारले ल्याएको हो : सुवासचन्द्र नेम्वाङ

इलाम  /  नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रमुख प्रतिपक्षी काङ्ग्रेसले विगतमा आफैँले गरेका निर्णयलाई अहिले विरोध गरिरहेको आरोप लगाएका छन  ।  “मुलुकी ऐनको मस्यौदा शेरबहादुर देउवा नेतृत्वको सरकारले

मुलुकी ऐनको विरोधमा पत्रकारहरु सडकमा 

काठमाडौं। नेपाल पत्रकार महासंघले पत्रकारहरुलाई फौजदारी अभियोग लगाउने नयाँ मुलुकी ऐनको प्रावधान तत्काल हटाउन माग गर्दै सडक आन्दोलन पनि सुरु गरेको छ ।  पत्रकारहरुलाई फौजदारी अभियोग लगाउने प्रावधान हटाउन सञ्चार माध्यमबाट

नयाँ मुलुकी ऐन प्रभाव : ६ दिनमै ९ सम्बन्धविच्छेद मुद्दा दर्ता

चितवन / मुलुकी देवानी (संहिता) ऐन २०७४ लागू भएपछि छ दिनमा नौ पुरुषले सम्बन्धबिच्छेदको मुद्दा दर्ता गराएका छन् ।  चितवन जिल्ला अदालतमा भदौ १ गतेदेखि ६ गतेसम्म नौ पुरुष र छ


z