• २०८१ बैशाख १८ मंगलबार

मुकेश अम्बानीले गरे कम्पनिको नेतृत्व युवा पुस्तालाई दिने संकेत !

kharibot

काठमाडौँ । भारतका सबैभन्दा धनी व्यक्ति र रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानीले पहिलो पटक कम्पनीमा नेतृत्व परिवर्तनको संकेत गरेका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार, मुकेश अम्बानीले कम्पनीमा नेतृत्व परिवर्तनको प्रक्रिया वरिष्ठ व्यक्तिहरूबाट सुरु होस् भन्ने आफ्नो चाहना रहेको र यो आफैबाट शुरु हुनुपर्ने बताएका हुन् । उनले युवा पुस्तालाई मौका दिन नेतृत्व परिवर्तनको कुरा गरेको बताइएको छ ।

६४ वर्षीय अम्बानीले कम्पनीमा उत्तराधिकारी छान्ने योजनाबारे विगतमा कुनै आधिकारिक बयान दिएका थिएनन् । रिलायन्सले कम्पनीको नेतृत्व परिवर्तन गर्ने योजनामा ​​काम गरिरहेको उनले बताए ।

मुकेश अम्बानीका तीन सन्तान छन्, जसमा आकाश र ईशा अम्बानी जुम्ल्याहा हुन् भने अनन्त अम्बानी उनको तेस्रो सन्तान हुन् । कम्पनीले रिलायन्स समूहका संस्थापक धीरुभाई अम्बानीको जन्मदिनलाई 'रिलायन्स परिवार दिवस' को रूपमा मनाउँछ ।

यस अवसरमा उनले स्वच्छ र हरित ऊर्जा क्षेत्र, खुद्रा तथा दूरसञ्चार व्यवसायको सहयोगमा रिलायन्स इन्डस्ट्रिज लिमिटेड आगामी वर्षहरूमा विश्वकै शक्तिशाली र प्रतिष्ठित बहुराष्ट्रिय कम्पनी बन्ने बताए ।

मुअम्बानीले भने - 'ठूला सपनाहरू साकार पार्न र असम्भव देखिने लक्ष्यहरू हासिल गर्न सही व्यक्ति र सही नेतृत्व हुनु महत्त्वपूर्ण छ । रिलायन्सले कम्पनीको नेतृत्व परिवर्तन गर्ने योजनामा ​​काम गरिरहेको छ, अर्को पुस्ताको युवा पुस्ता, नेतृत्व हुनेछ ।'

भारतीय मिडियाहरुले मुकेश अम्बानीले यो प्रक्रियालाई तीव्रता दिन चाहेको उल्लेख गरेका छन् ।

रिलायन्सले हाल तीन प्रकारका व्यवसाय गरिरहेको छ, जसमा पेट्रोलियम, रिटेल र टेलिकम रहेको छ । 

गुजरातको जामनगरमा रिलायन्सको तेल प्रशोधन कारखाना छ । त्यस्तै रिलायन्सको रिटेल अहिले भारतमा सबैभन्दा अगाडी रहेको छ भने जियो टेलिकम मार्फत यस क्षेत्रमा अहिले भारतमा शिर्ष स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै