• २०८१ बैशाख २४ सोमबार

प्रदेश २ मा फोरमको संसदीय दलको नेतामा राउत चयन, मुख्यमन्त्री बन्ने बाटो खुल्यो 

kharibot

जनकपुरधाम । संघीय समाजवादी फोरम नेपालले प्रदेश नम्बर दुईको संसदीय दलको नेतामा लालबाबु राउतलाई चयन गरेको छ । 

यसअघि आइतबार अपराह्न संसदीय दलको नेताका लागि ७ जनाको उम्मेदवारी परेको थियो । रातिसम्म नेताहरुले सहमतिको प्रयास गरेर राउतलाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।

संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले आइतबार ४:३० बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको थियो । 

प्रदेश सरकारको मुख्यमन्त्री फोरमले पाउने र पार्टी संसदीय दलका नेता नै मुख्यमन्त्री हुने प्रावधान रहेकाले उक्त पदको लागि आकांक्षी बढी देखिएका थिए। 

संसदीय दलको नेताका लागि सिरहाबाट विजय यादव, पर्साबाट लालबाबु राउत गद्दी र प्रहलाद गिरी, महोत्तरीबाट कौशलकुमार यादव र सरोजप्रसाद सिंह, रौतहटबाट योगेन्द्र यादव र सप्तरीबाट शैलेन्द्र साहले उम्मेदवारी दर्ता गराएका थिए। 

संसदीय दलको नेताका लागि सात जनाको उम्मेदवारी परेपछि सहमतिको प्रयास भएको थियो । राउतको नाममा सहमति जनाउँदै अन्य ६ जनाले उम्मेदवारी फिर्ता लिएपछि राउत मुख्यमन्त्री बन्ने बाटो पनि खुलेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै