• २०८१ बैशाख १५ शनिबार

एनएमबि बैंकको २६ औं बार्षिक साधारण सभा सम्पन्न

kharibot

काठमाडौँ । एनएमबि बैंकको  २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गरेका थिए।

उक्त वार्षिक साधारण सभाद्वारा आ.व. २०७७/७८ को नाफाबाट हाल कायम चुक्त पूजीको १२.५० प्रतिशत बोनस शेयर र ३.३ प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर प्रयोजनको लागी समेत) पारित गरेको छ । साधारण सभाद्वारा स्वीकृत बोनस शेयर पश्चात बैंकको चुक्ता पूँजी १८ अर्व ३६ करोड पुग्ने जानकारी गराइएको छ । बैंकको २०७८ अषाढसम्ममा खुद नाफा २ अर्ब ७१ करोड, निक्षेप १६६ अर्ब र कर्जा १५८ अर्ब रहेको छ । 
 
दि फिनान्सियल टाईम्स, लण्डनद्वारा बैंक अफ दी एयर एशिया २०२१ र बैंक अफ दि एयर नेपाल २०२१ बाट यस बैंकलाई सम्मानित गरेको छ । उक्त अवार्ड शेयरधनीहरुले समय समयमा बैंकलाई दिनु भएको सुझाब एवं सल्लाह मुता बिक भएको परिणामको रुपमा लिँदै सम्पूर्ण शेयरधनीहरु प्रति बैंकले कृतज्ञता ज्ञापन गरेको छ । बैंकले २०१७, २०१८, २०२० र २०२१ गरि चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।  

एनएमबि बैंकले हाल २०१ वटा शाखा, १३८ एटिएम र ९ विस्तारित सेवाद्वारा उच्चस्तरीय सेवा प्रदान गदै आईरहेको छ ।     


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै